प्रदीपलाई सम्झँदै बाबुरामले भने- हाम्रो सहकार्य बाँकी थियो तर पूरा हुन पाएन
काठमाडौं, ५ भदौ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले स्वर्गीय प्रदीप गिरीसँग सहकार्य गर्ने आफ्नो सपना पूरा नभएको बताएका छन् ।
गिरीको निधनपछि ट्वीट गर्दै डा.भट्टराईले नेपाली काँग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीसँग सहकार्य गर्ने सल्लाह भएपनी त्यो पूरा हुन नपाएको भनेका हुन् । सहकार्य र सहयात्राको आवश्यकता अझ बढेका बेला गिरिको निधनले स्तब्ध भएको छु’, उनले भनेका छन् ।
प्रदीपजी,छिटै छोडेर जानुभो! अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्य/सहयात्रा झन् आवश्यक थियो।टोखाको हार्मोनी हाउजिंगमा संगै बसेर यो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने हाम्रो सल्लाह पूरा हुन पाएन।तपाईंले राजनीतिम गहन वैचारिकी र त्यागको जुन मानक छोड्नुभएको छ त्यो सधैं रहिरहनेछ! pic.twitter.com/fZ5OEK6II1
— Baburam Bhattarai (@brb1954) August 21, 2022
डा.भट्टराईले ट्विटरमा लेखेका छन्- ‘प्रदीपजी, छिटै छोडेर जानुभो! अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्य र सहयात्रा झन् आवश्यक थियो । टोखाको हार्मोनी हाउजिङमा सँगै बसेर यो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने हाम्रो सल्लाह पूरा हुन पाएन । तपाईंले राजनीतिमा गहन वैचारिकी र त्यागको जुन मानक छोड्नुभएको छ, त्यो सधैं रहिरहनेछ ।’
शनिबार राति निधन भएका गिरीको पार्थिव शरीर नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा राखेर आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।