काँग्रेस नेता प्रदीप गिरी रहेनन्
काठमाडौं, ४ भदौ । नेपाली काँग्रेसका नेता एवं विचारक प्रदीप गिरीको निधन भएको छ ।
काठमाडौंको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरीको शनिबार राति करिब साढे ९ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
७५ वर्षीय गिरी क्यान्सर रोगबाट पीडित थिए । केही समयअगाडि भारतबाट घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरीको स्वास्थ्यमा समस्या भएपछि केही सातादेखी मेडिसिटीमा उपचाररत थिए ।
केही दिनयता उनको अवस्था नाजुक बन्दै गइरहेको थियो ।