‘द हन्ड्रेड’ २०२२ः बर्मिङहमको घरेलु मैदानमा पहिलो हार

काठमाडौं, ४ भदौ । इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा नर्थन सुपरचार्जर्सले दोस्रो जीत निकालेको छ । सुपरचार्जर्सले बर्मिङहम फोनिक्सलाई ३२ रनले हराएको हो ।

सुपरचार्जर्सले दिएको १७० रनको लक्ष्य पछ्याएको बर्मिङहमले पूरा १०० बल खेल्दै ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । उसका मिल्स ह्यामन्डले सर्वाधिक ३१ रन बनाए भने बेनी हावेलले २२ रन बनाए ।

सुपरचार्जर्सका डेभिड विजाले ३ विकेट लिँदा डेभिड विलीले २ तथा क्रेग मिल्स बेन रेइन ड्वेन ब्राभो र आदिल राशिदले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुपरचार्जर्सले निर्धारित १०० बलमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो । एडम लिथले ५६ रन बनाए भने एडम होस ५३ रनमा अविजित रहे ।

बर्मिङहमका मोइन अली र केन रिचार्डसनले २-२ विकेट लिँदा इमरान ताहिर र टम हेल्मले १-१ विकेट लिए । यो सिजन बर्मिङहम घरेलु मैदानमा पहिलो हार व्यहोरेको हो भने समग्रमा दोस्रो हार हो ।

जीतसँगै सुपरचार्जर्सको ५ खेलबाट ४ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । समान खेलबाट ६ अंक रहेको बर्मिङहम चौथो स्थानमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय