काँग्रेस नेता गिरीको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं, ३ भदौ । नेपाली काँग्रेसका नेता एवं विचारक प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनको हाल काठमाडौको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
नेता गिरीलाई बिहिबारदेखि भेन्टिलेटरमा राखिएको काँग्रेस स्रोतले पुष्टि गरेको छ । गिरीको स्वास्थ्य बिग्रँदै गएको भन्दै उनको उपचारमा संलग्न चिकित्सकले समेत बिरामीको अवस्था ‘क्रिटिकल’ रहेको बताएका छन् । गिरी क्यान्सर रोगबाट पीडित छन् ।
नेता गिरी केही समय अगाडि भारतबाट घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका थिए । स्वास्थ्यमा समस्या भएपछि दुई सातादेखी उनि मेडिसिटीमा उपचाररत छन्
गिरीलाई भेटेर फर्किएपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ट्वीट गर्दै लेखेका छन्- ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं ।’