रामेछापमा बाढीले पाँच घर बगायो

रामेछाप, ३ भदौ । रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ ठोसेमा बाढीले पाँचवटा घरहरु बगाएको छ ।

बिहिबार दिनभरिको वर्षाका कारण ठोसेको एकामफेदीस्थित नासिङ खोलामा आएको बाढीले पाँच घर बगाएको हो ।

बाढीले सन्तोष रोका, ज्ञानबहादुर रोका र रमेश रोकाको २ तले पक्की घर बगाएको छ भने हरिबहादुर खत्री र धनलक्ष्मी गुरागाईँको ढुङ्गामाटोले बनेको घर बगाएको छ ।

बाढीका कारण विस्थापित भएकाहरु अहिले छिमेकीको घरमा बास बसिरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय