रत्‍ननगरमा बोलेरोको ठक्करबाट वृद्धको ज्यान गयो

चितवन, ३ भदौ । पूर्वपश्‍चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको रत्‍ननगरमा बोलेरोको ठक्करबाट वृद्धको मृत्यु भएको छ ।

शौचालय जानका लागि राजमार्ग पार गर्ने क्रममा रत्‍ननगर ६ र ८ को सिमाना खगेरी पुलनजिकै ७१ वर्षीय वृद्ध खड्क बहादुर रानालाई बोलेरोले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मगरको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जनाइएको छ ।

ठक्कर दिने बोलेरो भने फरार रहेको छ र खोजीकार्य सुरु गरिएको छ ।

दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । केहीबेर अवरुद्ध भएको राजमार्ग अहिले भने सुचारु भएको छ ।

-अन्तिम अपडेटः विहान ९ः०९ बजे

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय