सभागृहमा शेखर पक्षको खबरदारी सभा (तस्वीरहरु)

काठमाडौं, १ भदौ । नेपाली काँग्रेसको संस्थापन पक्षले एकलौटी गरेको भन्दै नेता डा.शेखर कोइराला पक्षले काठमाडौमा खबरदारी सभा गरेको छ ।

संस्थापन पक्षले पार्टीको भ्रातृसंगठनको मनोनयन र सरकारमा समेत एकलौटी गरेको भन्दै कोइराला पक्षले राष्ट्रिय सभागृहमा खबरदारी सभा गरेको हो ।

सभामा नेपाली काँग्रेसका पुर्व सह-महामन्त्री अर्जुननरसिंह केसीले सम्बोधन गरेका छन् । केसीसङ्गै पार्टी नेताहरु गुरुराज घिमिरे, जगदीश नरसिंह केसी लगायत भ्रातृसंगठनका नेताले सम्बोधन गर्दैछन् ।

राष्ट्रिय सभागृह खचाखच भरिएको छ । यसले संस्थापन पक्षलाई झस्काइ दिएको छ ।

नेपाली काँग्रेसको भ्रातृसंगठनमा शेखर कोइराला निकट रहेका नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल किसान संघ र महिला संघले विरोध सभा आयोजना गरेका हुन ।

सभामा सो समूहका नेता शेखर कोइराला, गगन थापा, धनराज गुरुङ भने उपस्थित भएनन् ।

तस्विरहरु: परेवा न्युज

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय