‘द हन्ड्रेड’ क्रिकेटमा म्यान्चेस्टरको पहिलो जीत

काठमाडौं, १ भदौ । इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा म्यान्चेस्टर ओरिजिनल्सले पहिलो जीत निकालेको छ । गएराति भएको खेलमा म्यान्चेस्टरले वेल्श फायरलाई ४७ रनले हराएको हो ।

म्यान्चेस्टरले दिएको १५० रनको लक्ष्य पछ्याएको वेल्शले ८९ बलमा अलआउट हुँदै १०२ रन मात्र बनाउन सक्यो । उसका ड्वेन प्रिटोरियसले सर्वाधिक २९ रन बनाउँदा बेन डकेटले २५ रन बनाए ।

म्यान्चेस्टरका शन एबटले १५ बलमा केवल ८ र‍न खर्चेर ३ विकेट लिँदा ट्रिस्टान सब्सले २ तथा मिचेल स्टानली, टम हार्टली, म्याथिउ पार्किन्सन र आन्द्रे रसलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको म्यान्चेस्टरले निर्धारित १०० बलमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । फिलिप साल्टले सर्वाधिक ३८ रन बनाउँदा  कप्तान जस बट्लरले २९ रन बनाए । वेल्शका जेक बलले ४ विकेट लिँदा एडम जाम्पा र प्रिटोरियसले २-२ तथा म्याथिउ क्रिच्लेले १ विकेट हात पारे ।

योसँगै ४ खेलबाट २ अंक भएको म्यान्चेस्टर छैटौं स्थानमा उक्लिएको छ । समान खेल खेल्दा अंकविहीन रहेको वेल्श पुछारमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय