धादिङमा काँग्रेसले एउटा क्षेत्र मात्रै दाबी गर्ने, कोको छन् आकांक्षी ?

धादिङ, १ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली काँग्रेसले धादिङमा प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र दाबी गर्ने भएको छ ।

प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको धादिङमा काङ्ग्रेसले क्षेत्र नम्बर-२ दाबी गर्ने काँग्रेस नेताहरूको भनाइ छ । धादिङको क्षेत्र नम्बर-१ मा काँग्रेसले प्रदेशसभामा मात्रै दाबी गर्नेछ ।

क्षेत्र नम्बर-१ नेकपा समाजवादीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र माओवादी केन्द्रका नेता शालिकराम जमरकटेलको निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा एमालेको पनि राम्रो पकड छ । हाल यो क्षेत्रमा एमाले नेता भूमी त्रिपाठी सांसद छन् ।

यसैगरी काँग्रेसले दाबी गरेको क्षेत्र नम्बर-२ मा काँग्रेस, एमाले, माओवादी र राप्रपाको राम्रो पकड छ । तर, यो क्षेत्रमा एक्लाएक्लै लड्दा काँग्रेस बलियो देखिन्छ । त्यसैले क्षेत्र नम्बर-२ को टिकटको लागि नेपाली काँग्रेसका नेताहरु दिलमान पाख्रिन, रामनाथ अधिकारी, तिलक रुवाली र रमेश धमला आकांक्षी छन् ।

पाख्रिन काङ्ग्रेस नेता दामन पाख्रिनका छोरा हुन । धमला धादिङ काङ्ग्रेसका पूर्वसभापति र अधिकारी हालका सभापति हुन् भने रुवाली हाल बागमती प्रदेश सदस्य हुन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय