नेप्से परिसूचक २५ अंकले घट्यो

काठमाडौं, ३१ साउन । कारोबारको लगातार पाँच दिनसम्म घटेर सोमबार बढेको सेयर बजार परिसूचक नेप्से मंगलबार पुनः घटेको छ ।

गत साताबाट आइतबारसम्म लगातार घटेको नेप्से सोमबार भने ५५.८८ अंकले बढेको थियो । त्यसपछि मंगलबार नै पुनः घटेको हो ।

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से २४.८३ अंक ले घटेर २०४१.०६ अंकमा बन्द भएको छ । सुरुवाती समयमा वृद्धि भएर दिनभर उत्तारचढाव भएपनि अन्तिमा घटेर बन्द भएको हो ।

नेप्सेसँगै सबै उपसूचक पनि घटेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय