गल्छीमा भएको सवारी दुर्घटनामा धादिङ ज्वालामुखीका दुईजनाको मृत्यु
काठमाडौं, ३१ साउन । पृथ्वी राजमार्गमा सोमबार राति भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुल नजिकै ट्रेलरले जीपलाई ठक्कर दिएको थियो ।
चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको ट्रेलरले वाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको जीपलाई ठक्कर दिँदा जीपमा सवार २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।
दुर्घटनामा ट्रेलरका चालक र सहचालक पनि घाइते भएका छन् भने सामान्य उपचारपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।