प्रचण्ड-बाबुराम निर्वाचन आयोग जाँदै

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका नेताहरू संयुक्त दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोग जाने निश्चित भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ ।

यसअघि अध्यक्षद्वयले सो विषयमा छलफल गरेपनि पार्टीबाट निर्णय आजै भएको हो । संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय दुवै पार्टीबाट अनुमोदन भएसँगै आयोग जाने तयारी गरिएको हो । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।

आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दल दर्ताका लागि दिएको समयावधि पनि आजै सकिँदै छ । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो ।

नेपाली काँग्रेस पनि आजै दल दर्ताको लागि आयोग जाने भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय