द हन्ड्रेड क्रिकेटमा ट्रेन्ट रकेट्सको लगातार तेस्रो जीत

काठमाडौं, २९ साउन । इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा ट्रेन्ट रकेट्सले तेस्रो जीत निकालेको छ । गएराति भएको खेलमा ट्रेन्टले म्यान्चेस्टर ओरिजिनल्सलाई ८ विकेटले हराएको हो ।

म्यान्चेस्टरले दिएको १९० रनको लक्ष्य पछ्याएको ट्रेन्टले ९४ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । उसका डेविड मलान ९८ रनमा अविजित रहे भने एलेक्स हेल्सले ३८ र टम कोहलर काडमोरले ३० रन बनाए । म्यान्चेस्टरका टम हार्टली र म्याथिउ पार्किन्सनले १ १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको म्यान्चेस्टरले निर्धारित १०० बलमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । फिलिप साल्ट ७० रनमा अविजित रहँदा जस बट्लरले ४१ रन बनाए । ट्रेन्टका समित पटेलले २ र तब्रेज शाम्शीले १ विकेट लिए ।

योसँगै ३ खेलबाट ६ अंक भएको ट्रेन्ट दोस्रो स्थानमा रहेको छ । समान खेल्दा अंकविहीन रहेको म्यान्चेस्टर सातौं स्थानमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय