अभिनेता अनुपविक्रम शाही काँग्रेसमा प्रवेश

काठमाडौं, २७ साउन । अभिनेता अनुप विक्रम शाही नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान एक कार्यक्रमका बीच उनी काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिएका थिए ।

अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको शाहीले बताए ।

धेरै अग्रज र सम्मानित कलाकारहरु काँग्रेसमा भएकाले पनि आफूलाई काँग्रेस मन परेको उनले जनाए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय