खगराज भन्छन्- एक्लै लड्ने हो भने काङ्ग्रेस ‘जिरो’ हामी ‘हिरो’ !

काठमाडौं, २६ साउन । नेकपा एमालेका नेता एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लडे काङ्ग्रेस जिरो र एमाले हिरो हुने बताएका छन् । उनले एमालेले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने समेत बताए ।

बिहिबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा अधिकारीले एक्लाएक्लै लडे काङ्ग्रेसले एक सिट पनि नल्याउने भन्दै हिम्मत भए काङ्ग्रेसलाई एक्लै लड्न चुनौती दिए ।

‘एक्लाएक्लै लडे काङ्ग्रेसले एक सिट पनि जित्दैन । अब काङ्ग्रेस एक्लै लड्न नसक्ने भयो’, उनले भने- ‘काङ्ग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाईभन्दा बढी सिटमा जित्छौं ।’

यदि एमालेले दुई तिहाईभन्दा बढि सिट जितेन भने म राजनीति छोडिदिन्छु भन्दै अधिकारीले अब काङ्ग्रेस गठबन्धनबिना प्रतिस्पर्धा गर्नै नसक्ने भएको जिकिर गरे ।

पूर्वमन्त्री समेत रहेका अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिए ।  ‘अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो’, अधिकारीले भने -‘काङ्ग्रेसले एसपिपी अर्को ढंगले अघि बढाउन खोजेको छ ।’

उनले पाँच दलीय गठबन्धन सरकारको कारण देश जटिल अवस्थामा पुगेको समेत आरोप लगाए । उनले अब सबै विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा पनि जोड दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय