सर्वोच्चको फैसलामा किन जङ्गिए बालेन ?

काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशमा असहमति जनाउदै आफ्नो फेसबुक वालमा टिप्पणी गरेका छन् ।

नर्भिक अस्पतालको जग्गा र त्यसमा बनेको टहराको संरचना हटाउने विषयमा महानगरले गरेको निर्णयलाई अदालतले कार्यान्वयन नगर्न आदेश दिएसँगै मेयर बालेनको फेसबुकमा प्रतिक्रिया आएको हो ।

बालेनले लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

बुधबार मात्रै सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश र कारणदेखाउ आदेश दिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय