नागढुङ्गामा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं, २५ साउन । पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गाको झ्याप्लेखोलामा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । मोटरसाइकल चिप्लिएर बसको मूनि पर्दा मोटरसाइकल चालकको ज्यान गएको हो ।

चितवनबाट काठमाडौं आउँदै गरेको बसको पछिपछि आइरहेको मोटरसाइकल झ्याप्लेखोलामा आइपुग्दा अनियन्त्रित भएर पल्टिएपछि चालक उछिट्टिएर बसको टायरमूनि नै पर्दा घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा बझाङ स्थायी घर भई धनगढी बस्दै आएका २६ वर्षीय पृथ्वी बहादुर ग्वाल रहेका छन् । अध्ययनको सिलसिलामा धनगढी बस्दै आएका उनी मङ्गलबार विहान आफ्नै पल्सर बाइकमा काठमाडौं जान निस्किएका थिए ।

राति ९ बजेको समयमा चितवन पुगेर लजमा बसेका उनी बुधबार विहान चितवनबाट प्रस्थान गरेको उनीसँगै धनगढीबाट आएका अर्का मोटरसाइकल चालकले जानकारी दिए ।

घटनापछि बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । बसका यात्रुलाई अर्को बसमा काठमाडौं पठाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...