राप्रपा प्रवक्ता शाही जुम्लाबाट चुनाव लड्ने
काठमाडौं, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यको चुनावमा उठ्ने घोषणा गरेका छन् ।
त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन समेत गर्दैछन् ।
पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु पनि सहभागी हुने उनले बताएका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए ।
आफूलाई समर्थकहरूबाट काठमाडौं वा चितवनबाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको उनको भनाइ छ ।