नुवाकोट केन्द्र भएर एकाविहानै भूकम्प, काठमाडौंमा पनि धक्का
काठमाडौं, २१ साउन । नुवाकाेटमा शनिबार एकाविहानै भूकम्प गएको छ ।

विहान ५ बजेर २६ मिनेटको समयमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।

भूकम्पकाे धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो भने नुवाकोट आसपासका अन्य जिल्लामा महसुस भएकाे थियो ।
यसअघि एक साताअघि खोटाङको मात्तिम बिर्ता केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।