अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

फाइल तस्वीर

चितवन, १९ साउन । पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका-२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि सडक पुनः सञ्‍चालनमा आएको हो ।

दिउँसो करिब साढे १२ बजेको समयमा लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर आवागमन सुचारु भएपछि रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ लागेका छन् ।

वर्षाको समयमा यस सडक पटकपटक अवरुद्ध हुने गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय