४ मंसिरमा एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

काठमाडौं, १९ साउन । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै तहको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

यसैबीच निर्वाचन आयोगले पनि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न तयार रहेको बताएको छ ।

अब मतदाता नामावली संकलन कार्यक्रम स्थगित गरेर चुनावको तयारीमा लाग्‍ने आयोगले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...