नारायणगढ-मुग्लिन सडक अवरुद्ध

फाइल तस्वीर

चितवन, १९ साउन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध बनेको छ । भरतपुर महानगरपालिका-२९. केराबारीमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

सोमबार रातिदेखि अवरुद्ध भएर २३ घण्टापछि मङ्गलबार राति सञ्‍चालनमा आएपनि त्यसको केही समयमा फेरि अवरुद्ध बनेको यो सडक बुधबार विहान मात्र पूर्णरुपमा सञ्‍चालनमा आएको थियो ।

सोही ठाउँमा फेरि पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । सडक सुचारु गराउने प्रयास भइरहेको बताइएको छ ।

करिब दुई घण्टामा सडक पुनः सुचारु हुने अनुमान छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...