साढे ४९ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

रासस

काठमाडौं, १९ साउन । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्‍न एक जनालाई पक्राउ गरेको छ ।

सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनब्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्‍ने वर्ष २४ को धावा घ्याल्चेनलाई आज राति पक्राउ गरेको हो ।

बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा स्रोत नखुलेको रु ३२ लाख र निज घ्याल्जेनको कोठमा समेत जाँच गर्दा रु १७ लाख ५० हजार गरी रु ४९ लाख ५० हजार बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

निजको नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले पैसा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले सोही रकम हुण्डीमा प्रयोग हुने गरेको आशंका रहेको बताउँदै यसबारे थप अनुसन्धान भइरहको जानकारी दिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...