अवरुद्ध नारायणगढ-मु्ग्लिन सडक झन्डै २३ घण्टापछि सुचारु

तस्वीरः ई सागर कार्की

चितवन, १७ साउन । अवरुद्ध मुग्लिन-नारायणगढ सडक झन्डै २३ घण्टापछि सञ्‍चालनमा आएको छ ।

सोमबार राति करिब ११ बजेदेखि अवरुद्ध बनेको सडक मङ्गलबार राति करिब पौने १० बजेदेखि सञ्‍चालनमा आएको हो ।

अविरल वर्षापछि ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो भने भरतपुर-२९ केराबारीमा ठुलो पहिरो खसेको थियो ।

दिनभर पानी परेकाले पहिलेकै ठाउँमा फेरि पहिरो खसेकोले सडक सञ्चालनमा ल्याउन कठिन भएको थियो ।

सडक अवरुद्ध भएपछि गाडीहरुको लामो लाइन लागेको थियो । त्यसकारण सडकमा अहिले गाडीको चाप छ र विस्तारै सवारीहरु गन्तव्यतर्फ लाग्दै छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय