अबको दुईदेखि तीन घण्टाभित्रमा मुग्लिन-नारायणगढ सडक सञ्चालनमा आउने
चितवन, १७ साउन । करिब २० घण्टादेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक अबको दुई देखि तीन घण्टाभित्रमा सञ्चालनमा आउने बताइएको छ ।
पहिरो हटाउने कार्यमा खटिएका लोडर अपरेटर अमर गुरुङका अनुसार अबको २-३ घण्टामा पहिरो पन्छाएर सडक खुलाउन सकिने बताएका हुन् ।
अविरल वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोका कारण सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।
दिनभर पानी परेकाले पहिलेकै ठाउँमा फेरि पहिरो खसेकोले सडक सञ्चालनमा ल्याउन कठिन भएको थियो ।
सडक बन्द भएपछि यात्रुहरु सडकमै अलपत्र परेका छन् भने गाडीको लामो लाइन लागेको छ ।