नेपालसँग बराबरी खेल्दै बङ्गलादेश साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं, १७ साउन । भारतमा जारी साफ यू-२० फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको आफ्नो अन्तिम खेलमा नेपालले बराबरी खेलेको छ ।

बङ्गलादेशलाई नेपालले १-१ को बराबरीमा रोकेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको सुरुवातमै केही तनावको स्थिति सिर्जना भएको थियो । सो क्रममा दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएपछि खेल १०/१० खेलाडीको बीचमा अगाडि बढ्यो।

६३औं मिनेटमा बङ्गलादेशले अग्रता लियो । त्यसको पाँच मिनेटमै नेपालले बराबरी गोल फर्कायो । त्यसपछि कुनै गोल निस्किएन ।

यस बराबरीसँगै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ भने नेपालको फाइनल पुग्‍ने सम्भावना अब भारत र माल्दिभ्सको खेलमा निर्भर रहनेछ ।

बेलुका हुने समूह चरणको अन्तिम खेलमा माल्दिभ्सले भारतलाई हराउन सकेमा नेपाल फाइनलमा पुग्‍नेछ र उपाधिका लागि पुनः बङ्गलादेशसँगै भिड्ने छ ।

बराबरी वा भारत विजयी भएको खण्डमा भने नेपाल बाहिरिने छ । नेपाल भारतसँग ८-० को विशाल अन्तरले पराजित भएकाले हेड टु हेडमा भारत अगाडि रहनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय