रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्‍चालनमा आउन सकेन

-फाइल तस्वीर

चितवन, १७ साउन । अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अझै सञ्‍चालनमा आउन सकेको छैन ।

लामो समयसम्म सडक अवरुद्ध भएपछि यात्रुहरु बाटोमै अलपत्र परेका छन् । यो सडक अवरुद्ध हुनाले पूर्वपश्चिम राजमार्ग समेत प्रभावित भएको छ । गाडीको लामो लाइन लागेको छ ।

पश्‍चिमतिरबाट आएका सवारीहरुलाई नवलपुरमै रोकिएको छ । नवलपुर हुँदै पोखरा तथा काठमाडौं जाने सवारी साधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका-२९ स्थित केराबारी, १७ किलो तथा इच्छाकामनाको ३ नम्बर पुलनजिकै पहिरो खसेपछि रातिदेखि सडक अवरुद्ध बनेको थियो ।

पहिरो पन्छाउने काम भइरहे पनि समय लाग्‍ने देखिएकोले आज पनि दिनभर यातायात अवरुद्ध हुनसक्ने ट्राफिक प्रहरीको भनाइ छ ।

उता पृथ्वी राजमार्गअन्तर्गत धादिङको तिङ्ग्राङखोलामा पनि पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय