नारायणगढ-मुग्लिन सडकमा माइक्रो दुर्घटना, उद्दार चल्दै
चितवन, १६ साउन । नारायणगढ-मुग्लिन सडकअन्तर्गत भोर्ले भन्ने स्थानबाट माइक्रोबस खसेको छ ।
नारायणगढबाट धादिङ जाँदै गरेको माइक्रो सडकबाट खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने उद्दार कार्य जारी छ ।
उद्दारमा खटिएका प्रहरीका अनुसार माइक्रो सडकबाट त्रिशुलीमा नभई करिब १५ मिटर मात्र तल खसेको छ ।
यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।