काठमाडौंमा एकै परिवारका ४ जनाको शव फेला

काठमाडौं, १६ साउन । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव भेटिएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका-६ अश्राङ घर भई काभ्रेस्थली पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनिता पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् ।

दिनेशले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय