नेपालको पोस्टमा भारतको ८ गोल !

काठमाडौं, १५ साउन । भारतमा जारी साफ यू-२० फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।

नेपाल भारतसँग ८-० को विशाल अन्तरले पराजित भएको हो । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार‌ हो ।

पहिलो हाफमा १ गोल मात्र गरेको भारतले दोस्रो हाफमा ७ गोल थप्यो । खेलको ३२अ‍ौं मिनेटमा टाइसन सिंह लोइटङबमले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५२अ‍ौं मिनेटमा पार्थिव गोगोइले गोल गर्दै भारतलाई २-० ले अघि बढाए । त्यसको एक मिनेटमै पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३-० को आरामदायी अवस्थामा पुर्‍याए ।

६२अ‍ौं मिनेटमा टाइसनले व्यक्तिगत दोस्रो गोल गर्दैै भारतलाई ४-० ले अघि बढाए । ७१अ‍ौं मिनेटमा पाएको पेनाल्टीमा हिमांशु झाङ्ग्राले गोल गर्दै स्कोर ५-० बनाए ।

 त्यसपछि टंकधरले ७८अ‍ौं मिनेटमा, गुर्किरत सिंहले ८९ अ‍ौं मिनेटमा तथा सुभो पलले इन्जुरी समयमा गोल गर्दै भारतको ८-० को विशाल जीत पक्का गरे ।

यस फराकिलो हारसँगै नेपाल अंकतालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ ।

नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । नेपालको फाइनल प्रवेशको सम्भावना भने जीवितै रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय