जिम्बावेले बङ्लादेशलाई हरायो

काठमाडौं, १५ साउन । बङ्गलादेशसँगको टी२० श्रृंखलामा घरेलु टोली जिम्बावेले विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा जिम्बावे १७ रनले विजयी भएको हो ।

२ सय ६ रनको विजयी लक्ष्य पछ्याएको बङ्लादेशले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो । नुरुल हसन ४२ रनमा अविजित रहे भने नजमोल होसेनले ३७ तथा लिटोन दासले ३२ रन बनाए ।

जिम्बावेका लुक जोङ्वेले २ विकेट लिए भने रिचार्ड गारभा वेलिङ्टन मसाकाड्जा र सिकन्दर राजाले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । उसका वेस्ले माधेभेरे ६७ रनमा रिटायर्ड हर्ट भएका थिए भने सिकन्दर राजाले ६५ रनमा अविजित रहे ।

बङ्लादेशका मुस्तफिजुर रहमानले २ तथा मोसड्डेक हुसेनले १ विकेट लिए ।

दोस्रो टी-२० खेल आज हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...