खोटाङ केन्द्र भएर ६ रेक्टरको भूकम्प

काठमाडौं, १५ साउन । खोटाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आइतबार विहान करिब सवा ८ बजेको समयमा मात्तिम बिर्ता केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित मध्यनेपाल र पूर्वी नेपालमा महसुस गरिएको थियो ।

यस भूकम्प २०७२ सालको गोरखा भूकम्पको पराकम्प नभई नयाँ छुट्टै भूकम्प भएको बताइएको छ ।

भूकम्पले केकति क्षति गर्‍यो भन्‍नेबारे विवरण भने आइसकेको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय