वेस्टइन्डिजसँगको पहिलो टी-२० मा भारतको सहज जीत

काठमाडौं, १४ साउन । वेस्टइन्डिज भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले टी-२० श्रृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोलीमाथि सहज जीत निकालेको छ । भारतले वेस्टइन्डिजलाई ६८ रनले हराएको हो ।

१ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले पूरा २० ओभर खेल्दै ८ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो । शामरा ब्रुक्सले सर्वाधिक २० रन बनाए भने किमो पलले १९ तथा कप्तान निकोलस पूरनले १५ रन बनाए ।

भारतका रवि विश्‍नोइ, अर्शदीप सिंह र रविचन्द्रन आश्‍विनले २-२ विकेट लिए भने भुवनेश्‍वर कुमार र रविन्द्र जडेजाले १-१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ६४ रन बनाउँदा दिनेश कार्तिक ४१ रनमा अविजित रहे ।

कार्तिकले उत्कृष्ट फिनिसिङ गर्दै १९ बलमा ४१ रनमा अविजित रहेका हुन् । वेस्टइन्डिजका अल्जारी जोसेफले २ विकेट लिँदा ओबेड मेकोए, जेसन होल्डर, अकिल होसेन र किमो पलले १-१ विकेट लिए ।

दोस्रो टी-२० खेल सोमबार हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय