भट्टराई समूहको ‘नेपाल समाजवादी पार्टी’ आयोगमा दर्ता

काठमाडौं, १२ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएपछि उनीसहितको समूहले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराएको छ ।

आयोगमा यसअघी नै दर्ता भएको ‘समावेशी लोकतान्त्रिक पार्टी’को नाम परिवर्तन गरी बिहिबार नेपाल समाजवादी पार्टी राखिएको हो ।

 जसपामा विवाद चर्किएका बेला भट्टराईनिकट विद्यार्थी नेता दीपक लामिछानेको अध्यक्षतामा गएको फागुनमा उक्त दल (सलोपा) निर्वाचन आयोगमा दर्ता भएको थियो ।

भट्टराईनिकट नेता विश्‍वदीप पाण्डेले ‘नेसपा’ पार्टी आयोगमा आज दर्ता गरिएको जनाएका छन् । पार्टीको चुनाव चिन्ह भने आँखा रहेको छ ।

आँखा चिन्ह कुनैबेला नयाँ शक्ति पार्टीको थियो जुन पार्टी २०७२ सालमा भट्टराई माओवादी केन्द्रबाट बाहिरिएपछि आफ्नै नेतृत्वमा खोलेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...