
एसइईको नतिजा सार्वजनिक
काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।


बोर्डले बुधबार बैठक बसेर परीक्षाको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जिपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।

कोरोना महामारीका कारण दुई वर्षपछि बोर्डले तयार पारेको प्रश्नका आधारमा परीक्षा भएको थियो ।
महामारीका बेला आन्तरिक मुल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको थियो ।
परीक्षामा कुल ४ लाख ९५ हजार ७५१ जना सहभागी थिए ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकमको वेबसाइट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।
Comments

