धार्मिक एकताले समाज विकासमा योगदान: सांसद दोर्जे लामा

काठमाडौं, १० साउन । बागमती प्रदेश सभाका सांसद छिरिङ दोर्जे लामाले धार्मिक एकताले समाज विकासमा योगदान दिने बताएका छन् ।

काठमाडौंको गोकर्णेश्वर-९ मा निर्माण भएको सामुदायिक भवन उद्घाटन तथा गणेश मन्दिर वार्षिक पूजा कार्यक्रममा बोल्दै सांसद लामाले आफुले सबै धर्म, संस्कृति र मन्दिर तथा गुम्बा संरक्षणमा आवश्‍यक बजेट व्यवस्थापन गर्दै आएको बताए ।

उनले टोल, समाज र देशको विकास तथा जनताको बीचमा सद्‍भाव कायम गर्न पनि धार्मिक कार्यले सहयोग पुग्‍ने भन्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्दा व्यक्ति र पार्टी भन्दा माथि सोच्‍नुपर्ने बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले आफ्नो नगरमा धार्मिक तथा सामुदायिक भवन निर्माणले नगरको विकास र सामाजिक सद्‍भावमा सहयोग पुगेको भन्दै खुसी व्यक्त गरे । उनले आफ्नो कार्यकालमा पनि यस्ता विकासका काममा नगरको तर्फबाट गर्नुपर्ने कुनैपनि सहयोगमा कमि नहुने बचनबद्धता व्यक्त गरे ।

प्रदेश सरकारको तर्फबाट ३२ लाख रुपैयाँ सहयोगमा सामुदायिक भवन निर्माण सम्पन्न भएको गणेश मन्दिर संरक्षण समितिका अध्यक्ष राजेशकुमार थापाले जानकारी दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय