याम्पामा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
तनहुँ, १० साउन । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको हो ।

रातिदेखि परेको वर्षाका कारण मङ्गलबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

पहिराका कारण दुईतर्फीरूपमा अवरुद्ध भएको सडक अहिले एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।