अक्षरको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजमाथि भारतको अर्को रोमाञ्‍चक जीत

काठमाडौं, ९ साउन । वेस्टइन्डिज भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले एकदिवसीय श्रृंखलाअन्तर्गत दोस्रो खेलमा पनि घरेलु टोलीमाथि रोमाञ्‍चक जीत निकालेको छ । भारतले वेस्टइन्डिजलाई २ विकेटले हराएको हो ।

३ सय १२ रनको विजयी लक्ष्य पछ्याएको भारतले २ बल बाँकी छँदा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । भारतको जीतमा बाँयाहाते अलराउन्डर अक्षर पटेलले ६४ रनको अविजित पारी खेले ।

श्रेयस अय्यरले ६३ रन बनाउँदा सन्जु सामसन ५४ रनमा रनआउट भए । शुभमन गिलले ४३ रनको योगदान दिए । वेस्टइन्डिजका अल्जारी जोसेफ र काइल मेयर्सले २-२ विकेट लिँदा जेडन सिल्स, रोमारियो शेपहर्ड र अकिल होसेनले १-१ विकेट हात पारे ।

अक्षरको ब्याटिङपछि रोमाञ्‍चक बनेको खेलमा भारत ४९ ओभरको समाप्तिमा ८ विकेटको क्षतिमा ३ सय ४ रनमा थियो । अन्तिम ओभरमा ८ रन आवश्यक थियो र क्रिजमा अर्धशतक बनाइसकेका अक्षर पटेलका साथमा मोहम्मद सिराज थिए । पहिलो ३ बलमा २ रन मात्र आएको थियो भने चौथो बलमा अक्षरले छक्का प्रहार गर्दै वेस्टइन्डिजलाई पुनः स्तब्ध पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । उसका लागि शाइ होपले ११५ रन बनाएका थिए भने कप्तान निकोलस पूरनले ७४ रन बनाए ।

काइल मेयर्सले ३९ र शामराह ब्रुक्सले ३५ रन बनाए । भारतका शार्दुल ठाकुरले ३ तथा दीपक हुडा, अक्षर पटेल र युजुभेन्द्र चहलले १-१ विकेट लिए

तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...