सन्दीपले भने- गुड लक पारस दाई !
काठमाडौं, ९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पूर्वकप्तान पारस खड्कालाई बधाई एवम् शुभकामना दिएका छन् ।
विश्व क्रिकेटमा नाम चलेका पूर्व खेलाडीहरुले खेल्ने लेजेन्ड्स लिग क्रिकेटमा पारस खड्काले पनि खेल्ने भएपछि सन्दीपले शुभकामना दिएका हुन् ।
सामाजिक सञ्जालमा सन्दीपले लेखेका छन्, ‘यो गज्जबको कुरा हो । फेरि पनि लेजेन्डहरुलाई मैदानमा देख्न उत्साहित छु । हाम्रो पारस दाईलाई पनि शुभकामना ।’
That’s an amazing news. Looking forward to see all the legends back again on the field. Good luck to our very own @paras77 Dai. Best wishes. #LegendsLeagueCricket pic.twitter.com/NcxgZICHm6
— Sandeep Lamichhane (@Sandeep25) July 25, 2022
पारस खड्काले सन् २०२० मा कप्तानको पद छाडेका थिए भने गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।