पुष्‍पलालकै प्रेरणाले यहाँसम्म आइपुग्‍न सबल भयौंः ओली

रासस

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले दिएको योगदानको प्रेरणा लिएर आज यस ठाउँमा आइपुगेको बताएका छन् ।

४४औं पुष्पलाल स्मृति दिवसका अवसरमा आज आयोजना भएको कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालले देखाएको सत्कर्मकै कारण एमाले आज यस स्थानमा आइपुगेको बताए ।

पुष्पलालले पुर्‍याउनुभएको योगदानकै कारण आज सचेत संगठित, विस्तृत परिवर्तनकारी सबैभन्दा सबल शक्तिका रुपमा एमाले रहेको दाबी अध्यक्ष ओलीले गरे ।

कार्यक्रममा पुष्पलाल र अरू शहीदहरूले देखाएको बाटोबाट अलि कति पनि विचलित नभइकन ‘समृद्ध नेपाल, सुखी नेपाली’ र स्वतन्त्र नेपाल बनाएर छोड्ने संकल्प उनले पुनः दोहोर्‍याए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कार्यकर्तालाई पुष्पलालका काम, विचार, योगदनको प्रेरणा लिएर अघि बढ्नु आग्रह गरे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय