समाजको विकासमा सधैं लाग्‍नेछु: सांसद छिरिङ दोर्जे

काठमाडौं, ७ साउन । बागमती प्रदेशसभा सांसद तथा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य छिरिङ दोर्जे लामाले आफू कुनै पदमा रहे पनि वा नरहे पनि समाज विकासमा लागिरहने बताएका छन् ।

उनले सांसद वा मन्त्रीले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक,धार्मिक र विकासको काममा बजेट विनियोजन गरी टोल, समाज र राष्ट्र निर्माणमा योगदान दिनुपर्ने बताए ।

कुमारी माता संरक्षण तथा भजन समितिका लागि प्रदेश वडा पुर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण भएको जेष्ठ नागरिक सामुदायिक सिकाइ भवनको उद्घाटन गर्दै प्रदेश सांसद दोर्जे लामाले आफू प्रदेश सभा सदस्य भएको बेलामा बुद्ध धर्म र हिन्दु धर्म सँग जोडिएका यस्ता धार्मिक कार्यमा बजेट ल्याउन सकेकोमा खुसी लागेको बताए ।

उनले आफुले बुद्धधर्मसँग सम्बन्धित काम र हिन्दु धर्मसँग सम्बन्धित भवनमा समान ५०/५० लाखको योजना ल्याएको जानकारी दिए ।

उनले आफ्नो कार्यकाल अझै बाँकी रहेको र यस्ता विकासका कामको लागि प्रदेश सरकारबाट आउने बजेट बाहेक पनि आफुले आफ्नो पारिश्रमिकबाट समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौ महानगरपालिका वडा नम्बर-६ का वडा अध्यक्ष भुवन लामाले यस किसिमको भवन आफ्नो वडामै निर्माण सम्पन्‍न भएर उद्घाटन गर्न पाउदा हर्षित भएको भताए । उनले यस्तो पुन्यको काममा आफू वडा अध्यक्षको रुपमा उपस्थित भई विकासको काममा सामाजिक सद्‍भाव,एकता साथै सकारात्मक सोचको नमुना देखाउने वडाबासी प्रति आभारी रहेको बताए । उनले भवनको बाँकी काम पूरा गर्न आफू प्रतिबद्ध रहेको समेत बताए ।

करिब एक करोडको लागतमा निर्माण सम्पन्न भएको यो भवनलाई प्रदेश सरकार, वडा र विभिन्न व्यक्ति तथा संस्थाको सहयोग छ । संस्थाको नियम अनुसार लाग्‍ने दस्तुर तिरेर यो बहुउद्देश्यीय भवनमा विवाह, ब्रतबन्ध, सप्ताह, पुजापाठ जस्ता सामाजिक एवं धार्मिक कार्यक्रम पनि गर्न सकिनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय