बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध
रासससिन्धुपाल्चोक, ५ साउन । बुधबार रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।
![](https://www.parewanews.com/wp-content/uploads/2024/01/1200-px100-px-QR-Teller.gif)
बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए ।
![](https://www.parewanews.com/wp-content/uploads/2024/01/Worldlink-Pubg-1200-x-100.gif)
यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए ।
गएराति भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए । गएराति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो ।
जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।