थप पाँच जिल्लाबाट अनलाइन मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं, ४ साउन । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ ।

आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य मङ्गलबारदेखि काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्लाको निर्वाचन कार्यालयमा सम्पर्क समयमा औंठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।

यसअघि काठमाडौं उपत्यकाका तीन जिल्लामा असारको सुरुवातदेखि यो व्यवस्था ल्याइएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • एक्लिए देउवा !

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दुई छुट्टाछुट्टै कार्यतालिका सार्बजनिक भएको छ। सभापति गगन थापाले असोज १६...

  • भोटेकोसी बाढी : एक हजार ४१० शव फेला

    काठमाडौं । भोटेकोसी बाढीमा परेको एक हजार ४१० जनाको शव फेला परेको छ । यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय...