थप ४ सय ५७ जनामा कोरोना संक्रमण

काठमाडौं, २ साउन । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या पछिल्लो ५ महिनायताकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३४१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८६ जना तथा २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । कुल संक्रमितको संख्या ९ लाख ८१ हजार ७९४ पुगेको छ ।

यस्तै ४८ जना संक्रमणमुक्त हुँदा थप १ जनाको मृत्यु भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय