पन्तको शतकमा भारतले इंग्ल्यान्डलाई हरायो

काठमाडौं, १ साउन । इंग्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले एकदिवसीय श्रृंखला आफ्नो कब्जामा पारेको छ । आइतबार भएको खेलमा इंग्ल्यान्डलाई हराउँदै भारतले श्रृंखला २-१ ले जितेको हो ।

जीतका लागि २ सय ६० रनको लक्ष्य पाएको भारतले ४२,१ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । भारतका लागि विकेटकिपर ब्याटर रिषभ पन्तले शतकीय पारी खेले । उनले ११३ बलमा १२४ रन बनाउँदै अविजित रहे । त्यस्तै हार्दिक पान्ड्याले ७१ रन बनाए ।

कुनै समय ७२-४ को अवस्थामा पुगेको भारतको इनिङ्स पन्त र हार्दिक मिलेर उकासेका थिए । इंग्ल्यान्डका रीश टोपलीले ३ विकेट लिँदा ब्राएडन कार्श र क्रेग ओभरटनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले ४५.५ ओभरमा अलआउट हुँदै २५९ रन बनाएको थियो । इंग्ल्यान्डका कप्तान जश बट्लरले सर्वाधिक ६० रन बनाउँदा मोइन अलीले ३४ रन बनाए ।

हार्दिक पान्ड्याले ४ विकेट लिँदा युजभेन्द् चहलले ३, मोहम्मद सिराजले २ तथ रविन्द्र जडेजाले विकेट लिएका थिए ।

यस जीतसँगै भारतले ३ खेलको श्रृंखला  २-१ ले जितेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय