नेपाल १ सय २८ रनमा समेटियो
काठमाडौं, १ साउन । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग २ अन्तर्गत यस श्रृंखलाको चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेलिरहेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ । नेपाल ३५.५ ओभरमा १ सय २८ रनमा समेटियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाउँदा सन्दीप लामिछानेले २२ रन बनाए ।
विनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले समान १० रन बनाए भने सोमपाल कामी र करण केसीले ७-७ रन बनाउँदा कुशल भुर्तेल ३ रनमा आउट भए । आरिफ शेखले खाता खोल्न सकेनन् ।
स्कटल्यान्डका हम्जा ताहिरले ४, मार्क वाटले ३, गाभिन मेनले २ तथा क्रिस माकब्राइडले १ विकेट हात पारे ।
१२९ रनको विजयी लक्ष्यसहित स्कटल्यान्ड केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ ।