नेपाल र नामिबिया भिड्दै
काठमाडौं, ३२ असार । आइसिसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत आज नेपालले यस श्रृंखलाको तेस्रो खेलमा नामिबियासँग खेल्दै छ ।
स्कटल्यान्डको क्याम्बसडनमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुने छ ।
यसअघि नामिबियासँग भएको पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध ऐतिहासिक जीत निकाल्न सफल भएको थियो ।
लिगको तालिकामा नेपाल हाल १७ खेलबाट १७ अंकसहित पाँचौं स्थानमा छ भने १६ अंकसहित नामिबिया छैटौं स्थानमा छ ।