बाबुरामसहित जसपाका ९ नेता निष्काशित

काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित पार्टीका ९ जना नेतालाई सो पार्टीले कारवाही गरेको छ ।

दुई दिनदेखि वीरगञ्‍जमा जारी केन्द्रीय कमिटीको बैठकले पुर्वप्रधानमन्त्री समेत रहेका संघीय परिषद् अध्यक्ष भट्टराई सहित ९ जनालाई निष्काशन गर्ने निर्णय गरेको हो ।

उनीहरुले यस वीरगञ्‍ज बैठक बहिष्कार गर्दै काठमाडौमा समानान्तर बैठक गरेका थिए । पदमुक्त हुनेमा डा. भट्टराईसँगै उनकी पत्‍नी हिसिला यमी, पुर्वमन्त्री महेन्द्र राय यादव, दुर्गा शोप, प्रशान्त सिंह र गंगा श्रेष्ठ छन् ।

त्यस्तै रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पनि पदमुक्त गरेको जसपा स्रोतले बतायो । तर, वीरगञ्‍ज बैठकमा सहभागी नभएपनि नेता राजकिशोर यादव, रेणु यादवलाई भने निष्काशन गरिएको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय