स्थापितले बालेनलाई सियोमा धागो उन्‍न सिकाए !

काठमाडौं, २९ असार । काठमाडौं महानगरका मेयर बालेन शाहलाई पुर्वमेयर एवम् एमाले नेता केशव स्थापितले घरमै बोलाएर सियोमा धागो उन्‍न सिकाएका छन ।

बुधबार विहान सात बजे स्थापितको काठमाडौ बौद्ध स्थित महाङ्कालमा रहेको घरमा मेयर शाह एक्लै पुगेका थिए । मेयर शाहले स्थापितसँग महानगरको विकासको विषयमा कसरी सहकार्य गर्न सकिन्छ भनेर छलफल गरेका थिए ।

सो भेटमा पुर्वमेयर स्थापितले बालेन शाहलाई सियोमा धागो उन्‍न सिकाउँदै सानो सानो कुरामा पनि सियो र धागो जस्तै सम्बन्ध बनाएर महानगरलाई व्यवस्थित र सुन्दर बनाउन सकिने सुझाव‍ दिएका थिए ।

पूर्वमेयर स्थापितसँगको भेटपछि मेयर शाहले काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष भुवन लामा सहितको वडाका प्रतिनिधि सहभागी टिमसँग समेत छलफल गरेका थिए ।

महानगरको विकास योजना सुनाउन र आफ्नो कामको लागि सल्लाह सुझाव लिन मेयर शाहले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई समेत भेटिसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय