नेपालले स्कटल्यान्डसँग खेल्दै

काठमाडौं, २९ असार । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्‍वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो दोस्रो खेलमा आज स्कटल्यान्डसँग खेल्दै छ ।

स्कटल्यान्डको ग्लासग्लोमा हुने उक्त खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेपछि सुरु हुने छ ।

स्कटल्यान्ड तुलनात्मक रुपमा नेपालभन्दा बलियो टोली हो । टोलीमा काइल कोटजर, जर्ज मन्से, क्यालम म्याकलड, रिची बेरिङटन, म्याथ्यु क्रस, शफ्या शरिफलगायतका अनुभवी खेलाडी रहेका छन् ।

यसअघि सोमबार भएको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

लिगको तालिकामा नेपाल हाल १७ खेलबाट १५ अंकसहित छैंटौं स्थानमा छ भने २१ खेलमा ३० अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ ।

ब्याटिङमा कमजोर प्रदर्शन गरिरहेको नेपाल सुधारिएको प्रदर्शन गर्दै महत्वपूर्ण २ अंकको खोजीमा हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय